उपसभामुखको चुनाव माघ ७ गते

सुर्खेत । प्रतिनिधि सभाका उपसभामुख पदको चुनाव माघ ७ गते शनिवार हुने भएको छ । प्रतिनिधि सभाको बिहीवार बसेको बैठकमा सभामुखको भूमिकामा रहेका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले उपसभामुख पदको चुनाव माघ ७ गते हुने घोषणा गरेका हुन् ।

साथै उनले प्रतिनिधि सभा उपसभामुखको चुनावको सूचना प्रकाशित गर्न पनि संसद् सचिवालयलाई निर्देशन दिए ।