सुर्खेत । सुर्खेत महिला जेसीजले वीरेन्द्रनगरमा सप्ताहव्यापी कार्यक्रम को तयारी गरेको छ । हरेक वर्ष भव्य चार्डको रुपमा मनाउदै आएको सप्ताहव्यापी कार्यक्रम यो वर्ष पनि गर्न लागिएको हो ।
यहीँ साउन २४ गते मंगलबारदेखी शुरु गरि साउन २८ गत्ते सम्म रक्तदान, विद्यालायमा शैक्षिक सामाग्री वितरण, तनाव व्यवस्थापन तालिम, बक्तृत्वकला प्रतियोगीताका साथै नारी सम्मान कार्यक्रम गरिने कार्यतालिका जेसीजले सार्वजनिक गरेको हो ।
साउन २४ गत्ते मंगलबार विहान मंगलगढी चौकमा सप्ताहव्यापी कार्यक्रमलाई उद्घाटन गर्दै रक्तदान कार्यक्रम पनि गर्ने र सोही दिन दिउँसो वीरेन्द्रनगर १० मा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिने सुर्खेत महिला जेसीजका कार्यकारी उपाध्यक्ष सीता भण्डारीले जानकारी दिइन् ।
उक्त विद्यालयमा अध्ययनरत कमजोर आर्थिक अवस्था भएका छात्रछात्राहरुलाई शैक्षिक सामग्री प्रदान गरिनेछ ।
साउन २५ गत्ते बुधबार तनाव व्यवस्थापन तालिम प्रदान गर्ने र सुर्खेतमा रहेका सरकारी तथा गैरसरकारी विद्यालयमा अध्ययन गर्ने मा.वि. तहका छात्राहरु लाइै सहभागी गराई बक्तृत्वकला प्रतियोगताको आयोजना गर्ने जेसीजको कार्यतालिका रहेको छ ।
तनाव व्यवस्थापन तालिममा मध्यपश्चिम विद्यालयका उप–प्रध्यापक ललितजंग शाहीले सहजीकरण गर्नेछन् ।
साउन २८ गत्ते विविध विधामा संघर्ष गरेर स्थापित महिलाहरुलाई छनौट गरेर नारी सम्मान कार्यक्रम गरी पुरस्कार वितरण संगै सप्ताहव्यापी कार्यक्रम समापन गरिने भण्डारीको भनाई छ ।
फरकबाटो २२ श्रावण २०७९, आईतवार १७:२०