सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले फरार प्रतिबादी पक्राउ गरेको छ । चेक अनादर र लागु औषध मुद्धाका फरार दुईजना प्रतिबादीलाई पक्राउ गरि जिल्ला अदालत सुर्खेतमा बुझाइएको हो ।
२०७८ साल माघ २२ गते जिल्ला अदालत सुर्खेतले चेक अनादर मुद्धामा एकमहिना कैद र पाँचहजार रुपैयाँ जरिवाना तोकेका वीरेन्द्रनगर १० का ३० वर्षीय राजकुमार वि.क र लागु औषध मुद्धामा ५ महिना र पाँचहजार रुपैयाँ जरिवाना तोकिएको वीरेन्द्रनगर ५ का धिरज खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
फरकबाटो २० माघ २०७९, शुक्रबार १९:१७