
सुर्खेत । करेन्ट लागेर डोल्पामा दुईजना घाइते भएका छन् । डोल्पाको ठुलीभेरी नगरपालिका वडा नं ९ बस्ने १८ वर्षीय गोकर्ण डांगी र सोही स्थानकी २१ वर्षीय रुपा डांगी करेन्ट लागेर घाइते भएका हुन् ।
बाटोमा एकअर्काको हात समाएर हिँडिरहेको अवस्थामा गोकर्णले आँफुभन्दा माथि लत्रिएको अवस्थामा रहेको नाङ्गो बिजुलीको तार उफ्रिएर छुने क्रममा दुबैजनालाई करेन्ट लागेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
उनीहरुको जिल्ला अस्पताल दुनै डोल्पामा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।

फरकबाटो ३ माघ २०७९, मंगलवार २०:०७