दुईमहिने बालकको आगोले जलेर खुट्टा गुम्यो, उपचार गर्न आर्थिक अभाव

जुम्ला । जुम्लामा आगोले जलेर एउटा खुट्टा गुमाएका दुईमहिनाका बालकको उपचार गर्न आर्थिक अभाव भएको छ । जुम्ला कनकासुन्दरी गाउँपालिका ५ लुड्कुकी रमीला धमला (खत्रीका) दुई महिने छोरा युवनकोे आगाले खुट्टा जल्दा एउटा खुट्टा काटेर फालिएको हो ।

अर्को खुट्टा समेत जलेका युवनलाई उपचारका लागि आर्थिक अभाव भएको हो । बालकको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ । युवनको दुवै खुट्टा जलेको र एउटा खुट्टा काम नलाग्ने भए पछि काटिएको हो ।

मंसिर ११ गते घरको चुलो नजिकै सुताएको अवस्थामा बालक आगोमा परेका हुन् । साथमा श्रीमान नभएकी रमीलाको आर्थिक अवस्था कमजोर छ । छोराको उपचार खर्चका लागि उनले अपिल गरेकी छन् ।

सहयोग गर्न चाहने व्यक्ति तथा संस्थालाई उनले कर्णाली स्पोर्ट क्लबको नाममा रहेको राष्ट्रिय बाणिज्य बैँकको खाता नम्बर ४०३०००६४७५०१ मा सहयोग रकमजम्मा गरिदिन अनुरोध गरेकी छन् । छोराको उपचार गर्न रकम अभाव भएपछि सहयोगका लागि अपिल गरेको रमीलाले बताईन् ।