चितवनमा नक्कली नोटसहित एक जना पक्राउ


सुर्खेत । चितवनमा नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालीका नगरपालिका वडा नं १ बस्ने ४२ वर्षीय गङ्गा तामाङ रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनको कोठाबाट एक हजार दरका एक सय ३७ थान खोटा मुद्रा (नक्कली नोट) बरामद गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

पक्राउ परेकी तामाङको कोठाबाट भेटिएका मुद्रा नक्कली भएको उनले बताए । उनलाई मुद्रासम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको अधिकारीले सुनाए ।