रूसी सेनामा गएका थप एक नेपालीको मृत्यु


सुर्खेत । रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ । रुस-युक्रेन युद्धमा लमजुङको दूधपोखरी गाउँपालिका-१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको मृत्यु मृत्यु भएको हो।

रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको मृत्यु भएको खबर परिवारलाई प्राप्त भइसकेको छ। यसअघि रुसी सेनामा भर्ना भएका १० नेपालीको मृत्यु भइसकेको छ । योसँगै मृत्यु हुने नेपालीको संख्या ११ पुगेको छ ।