सुर्खेत । धनुषामा जन्ती सवार गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । धनुषाको वीरेन्द्रबजारमा पूर्वबाट आउँदै गरेको यात्रुवाहक भ्यान र पश्चिमबाट पूर्व जाँदै गरेको पिकअप भ्यान एक आपसमा ठोक्किएको हो । शनिबार बिहान करिब ५ बजे पूर्वपश्चिम राजमार्गको वीरेन्द्रबजारमा दुई गाडी ठोक्किएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार इटहरीबाट महोत्तरीको पिपरातर्फ आउँदै गरेको ना १ ज ८३९६ नम्बरको गाडी र विपरीत दिशा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ज१च १४९६ नम्बरको पिकअप ठोक्किएको थियो ।
दुर्घटनामा ५ जनाको मृत्यु भएको र ९ जना घाइते भएका छन् । दुर्घटनामा धनुषाको मुखियापट्टी मुसहनिया–४ का २९ वर्षीया रुवी साह, महोत्तरी रामगोपालपुर–७ ससौलकी १७ वर्षीया मञ्जुकुमारी साह उनकै बहिनी १३ वर्षकी सिर्जना साह र धनुषा धनौजी–४ का २५ वर्षीय अब्दुल मन्सुरी र १२ वर्षीय बाललकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनका अनुसार दुर्घटनामा मृत्यु भएका एकजनाको सनाखत हुन बाँकी छ ।
वैवाहिक कार्यक्रममा इटहरीबाट सहभागी हुन महोत्तरीको पिपरातर्फ आउँदै गरेको गाडी र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको पिकअप ठोक्किएको हो ।
फरकबाटो १७ मंसिर २०७९, शनिबार ११:४२