सरकारकै आग्रहमा प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं । बुधबारका लागि डाकिएको प्रतिनिधि सभाको बैठक फागुन २ गतेका लागि सारिएको छ । सरकारको आग्रहमा भोलिको बैठक फागुन २ गतेका लागि सारिएको सभामुख अग्नि सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।

सभामुख सापकोटाले बैठक स्थगनको सूचना जारी गर्न संसद् सचिवालयलाई निर्देशन दिइसकेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको बैठकमा एमसीसी टेबुल गर्ने तयारी गरेका थिए । तर त्यस विषयमा सत्तारुढ गठबन्धनभित्रै सहमति भने जुटेको छैन ।

एमसीसीबारे सहमति जुटाउन प्रधानमन्त्रीले समय लिएको बताइएको छ ।