कोरोनाका कारण १ जनाको मृत्यु , सक्रिय संक्रमित २१ जना


सुर्खेत । नेपालमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । पछिल्लो समय कोरोनाको संक्रमण बढ्न थालेपछि संक्रमणका कारण एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी पाँच सय ५५ जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दुई जना कोरोना संक्रमित निको भएका छन् । अहिले नेपालमा कोरोना भाइरसका २१ जना सक्रिय संक्रमित रहेका छन् ।