बहुबिवाह मुद्धामा सजाए सुनाइएकी महिला पक्राउ

सुर्खेत । बहुबिवाह मुद्धामा सजाए सुनाइएकी महिलालाई पक्राउ  गरिएको छ । । बराहताल गाउँपालिका १० सुर्खेतकी ३० वर्षीय लक्ष्मी सारु मगरलाई शुक्रबार पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत र प्रदेश प्रहरी कार्यालयको टोलीले विशेष सुचनाका आधारमा फरार रहेकी सारुलाई पक्राउ गरि जिल्ला अदालत सुर्खेतमा बुझाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एंव डिएस्पी रामप्रसाद घर्तीले जानकारी दिए ।

उनलाई बहुविवाह मुद्धामा जिल्ला अदालत सुर्खेतले एकहजार रुपैयाँ जरिवाना सहित १ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो ।