नेपालमा डेंगी संक्रमितको संख्या ३० हजार बढी

सुर्खेत । नेपालमा डेंगी संक्रमितको संख्या ३० हजार नाघेको छ । साउनदेखि आजसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर डेंगी संक्रमितको संख्या ३० हजार ८६ पुगेको हो ।

यो सरकारी अस्पताल र प्रयोगशालामा पुष्टि भएको संख्या हो । यस्तै २४ घण्टामा डेंगीका कारण एक जनाको ज्यान गएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ३९ जना पुगेको छ ।