सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले दोस्रो दिक्षान्त समारोहको आय(व्यय सार्वजनिक गरेको छ । गत वैशाख ६ गते सम्पन्न गरेको दिक्षान्त समारोह सञ्चालनका लागि ३७ लाख एक हजार तीन सय रकम खर्च भएको छ । आज पत्रकार सम्मेलनको आयोजना गरि दिक्षान्त समारोहमा भएको खर्चको जानकारी गराईएको हो । ।
विश्वविद्यालयका डीन एवम् दीक्षान्त समारोह अन्तरगत प्रचारप्रसार समितिका संयोजक डा. लिलाधर तिवारीले अतिथि सत्कार र यातायात खर्चमा सबैभन्दा बढी १३ लाख ७४ हजार खर्च भएको जानकारी दिए ।
सात लाख ३६ हजारको खाजा नास्ता, कार्यक्रम सञ्चालन तथा स्थल व्यवस्थापनमा पाँच लाख ७० हजार, प्रमाणपत्र व्यवस्थापनमा दुई लाख ६९ हजार, प्रमाणपत्र तथा शिलालेख व्यवस्थापनमा एक लाख ३७ हजार रुपैयाँ खर्च भएको जानकारी दिए ।
त्यस्तै प्रचारप्रसारमा एक लाख ३७ हजार, सम्बोधन र प्रतिवेदन मस्यौदाका लागि एक लाख ६१ हजार, स्वयंसेवक परिचालनमा ६७ हजार, सिनेट बैठकको भत्तामा ९९ हजार,अतिथि स्वागत सत्कारमा एक लाख र गाउनसेट व्यवस्थापनको लागि ४८ हजार रुपियाँ खर्च भएको तिवारीले बताए ।
प्रचारप्रसार समितिका सदस्य युवराज शर्माले प्रमुख अतिथिहरु विदेशबाट आउनुपर्ने भएकाले पनि यातायात तर्फ खर्च बढी आएको बताए ।


फरकबाटो ८ असार २०७९, बुधबार १९:२३