
सुर्खेत । अर्घाखाँचीको शितगंगा नगरपालिकामा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
भालुको आक्रमणबाट शितगंगा नगरपालिका वडा नम्बर २ सितापुरमा ८० वर्षका रामबहादुर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए । आज बुधवार घरबाट झिरा जाँदै गर्दा रानी सामुदायिक वनमा भालुको आक्रमणबाट उनी भएका थिए । उनको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा मृत्यु भएको हो ।

फरकबाटो २० पुष २०७९, बुधबार २०:३३