नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायो


सुर्खेत । नेपाल टी–२० क्रिकेट लिगमा विराटनगर सुपर किङ्ग्सले फार वेस्ट युनाइटेडलाई छ विकेटले हरायो ।

फार वेस्टले दिएको एक सय ५७ रनको लक्ष्य विराटनगरले १९ ओभर ३ बलमा चार विकेट गुमाएर भेटायो । विराटनगरका लागि कप्तान रोहित पौडेलले ६० र प्रदीप ऐरीले ४० रन बनाए । फार वेस्टका करन केसी, प्रकाश जैशी, नूर अहमद र हशमतुल्लाह शाहिदीले एकरएक विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको फार वेस्टले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ५६ रन बनायो । फार वेस्टका लागि विनोद भण्डारीले ४५, कप्तान हशमतुल्लाह शाहीदीले २७ र करन केसीले नटआउट २१ रन बनाए । विराटनगरका शाहब आलमले तीन र केओन जोशेफले दुई विकेट लिए ।

विराटनगर आठ खेलमा छ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ । एक कम खेलेको फार वेस्ट दुई अङ्कसहित पुछारमा छ ।