प्रथम प्रदेश स्तरिय पारा टेबल टेनिस प्रतियोगिता सम्पन्न

सुर्खेत । प्रथम प्रदेश स्तरिय पारा टेबल टेनिस प्रतियोगितासम्पन्न भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा नेपाल पारा ओलम्पिक कमिटी कर्णाली प्रदेशले शनिबार  प्रतियोगिताको आयोजना गरेको हो ।

टेबल टेनिस प्रतियोगितामा किरण किशोर सापकोटा प्रथम, धर्मराज रावल द्वितिय र तृतीय दिब्यराज खड्का भएका छन् । प्रतियोगितामा नौ जना प्रतियोगी सहभागि भएका थिए ।

सामाजिक विकास मन्त्रालयका उपसचिव जवारलाल हमालको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा प्रदेश खेलकुद परिषद् सदस्य पुष्पराज सापकोटा, सदस्य सचिव बिस्वमित्र सञ्ज्याल, पारा ओलम्पिक कमिटीका केन्द्रीय सदस्य किशोर शाही, निर्माण ब्यबसायी मानव बमलगायतको सहभागिता रहेको थियो ।