गाउँपालिका अध्यक्ष नै आगुऔषध कारोबारमा संलग्न : तिनवर्ष छ महिना कैद 

सुर्खेत । बाग्लुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा सोमवार हिजो तीन वर्ष छ महिना कैद सजायको फैसला भएको छ ।

निसीखोला गाउँपालिकाका अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै बाग्लुङ जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टको इजलासले तीन वर्ष छ महिना कैदसहित ५० हजार रुपैयाँ जरिबानाको फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

निसीखोला–६ को वडाध्यक्ष हुँदा २०७७ साल असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका घर्तीमाथि लागेको लागुऔषध गाँजा र चरेससम्बन्धी कसुर २०७९ पुस ३ गते ठहर भएको थियो । सोमवार जिल्ला अदालत बाग्लुङका न्यायाधीश डा भट्टको इजलासले घर्तीमाथि लागेको कसुर ठहर गर्दै सजाय निर्धारण गरेको हो ।