बराहतालमै खुल्यो सुविधासम्पन्न रेष्टुरेण्ट

सुर्खेत । बराहताल गाउँपालिका ५ बड्डीचौर सुर्खेतमा सुविधासम्पन्न रेष्टुरेण्ट खुलेको छ । रारा रेष्टुरेण्ट एण्ड लज बराहतालमा आउने पर्यटक तथा आगन्तुकहरुलाई सेवा दिनका लागि खोलिएको हो । स्थानिय हस्त पुन मगरको करिब ४० लाख बढी लगानीमा उक्त रेष्टुरेण्ट खोलिएको हो ।

रेष्टुरेण्टमा पिजा, बर्गर, लोकल खाना, खाजाहरुमा म.म.,चाउमिन लगाएतका परिकार पाईने सञ्चालक हस्त पुनले जानकारी दिए । उनका अनुसार विभिन्न कार्यक्रमहरुका लागि सुविधासम्पन्न तालिम हलको समेत व्यवस्था गरिएको छ ।

कात्तिक १ गते बराहताल गाउँपालिकाका उपाअध्यक्ष लक्ष्मी पुन मगरले रिबन काटेपछि रेष्टुरेण्टको उद्घाटन गरिएको हो ।
बराहतालमा आउने पाहुनाहरुलाई आरामदायी बासको समेत व्यवस्था भएको पुनले बताए ।

विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुले गाउँपालिका लक्षित कार्यक्रम आयोजना गर्दा राम्रो खाना, तालिम हल तथा बासको राम्रो व्यवस्था नभएपछि स्थानिय बासीन्दा पुनले रेष्टुरेण्टमा लगानी गरेको बताए ।