झापामा हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

सुर्खेत । झापामा हात्तीको आक्रमणबाट १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा शिवसताक्षी नगरपालिका वडा नं. ११ दुधेकी ६१ वर्षीय कृष्णमाया भण्डारी रहेको प्रहरीले जनाएको छ ।

आइतबार बिहान आएका ४ वटा जंगली हात्तीको समूहले घर भत्काउँदा बेहोस भएकी भण्डारीको उपचारका क्रममा दमक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । हात्तीले घर भत्काउँदा भण्डारीका श्रीमान् शान्तिराम भण्डारी घाइते भएको र उनको उपचार दमक अस्पतालमा उपचार भइरहेको छ ।