कर्णाली प्रदेश सभाको बैठक भोली


सुर्खेत । कर्णाली प्रदेश सभाको बैठक भोली सोमबार बस्दैछ । भोली दिउँसो १ बजेका लागि सभाको बैठक बोलाइएको संसद सचिवालयका सचिव जिवराज बुढाथोकीले जानकारी दिए ।

उनले भोलीको बैठकमा प्रदेश प्रमुखले पठाएको पत्र पढेर सुनाउने, दलका नेताहरुले बोल्ने लगाएतको एजेण्डा भएको बताएका छन् । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको यो पहिलो बैठक हो । सभामा ४० जना सांसदहरु रहेका छन् ।