माटोको ढिस्कोले पुरिएर जुम्लामा दुई जनाको मृत्यु

सुर्खेत । जुम्लामा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार तिला गाउँपालिका–९ मा माटोको ढिस्कोले पुरिएर  दुई जनाको मुत्यु भएको हो ।

कार्यालयका प्रवक्ता एसपी माधव श्रेष्ठले  आज बिहान घर लिपपोत गर्नका लागि माटो लिन गएका दुई जनाको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको जानकारी दिए ।

सोही वडाका १८ वर्षीया निली रावत र अन्दाजी १२ वर्षीया निरमाया रावतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको उनले बताए ।