काेराेनाबाट थप १ जनाकाे ज्यान गयाे, ७७ जनामा सङ्क्रमण

काठमाण्डाै । पछिल्लाे २४ घण्टामा कोरोना सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ । अस्ति बुधवार र बिहीवार काेराेनाबाट मृत्यु हुने सङ्ख्या शून्यमा झरेकाेमा आज एक जनाकाे ज्यान गएकाे हाे । योसहित नेपालमा सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाै सय ५० जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

यस्तै २४ घण्टामा ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन  विधिबाट गरी सात हजार नौ सय ८१ जनाको नमुना परीक्षण गर्दा ७७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यही अवधिमा एक सय ८९ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । अब नेपालमा पाँच हजार दुई सय १२ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा एक लाख २६ हजार एक सय ९६ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।