लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नु सबै दलको जिम्मेवारी रहेको प्रधानमन्त्रीको भनाई

चितवन । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक आन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नु सबै दलको जिम्मेवारी भएको बताएका छन् ।

चितवनमा सुरु भएको एमालेको १० औं महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दै एमालेलाई महत्त्वपूर्ण भूमिका खेल्न आग्रह गरे । उनले राष्ट्रिय स्वाधीनताको सुनिश्चित गरी देशलाई समृद्ध बनाउन समान धारणा तय गर्न सबै दलबीच संवाद र सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

‘कानुनी शासन, जनअधिकार, व्यक्तिगत स्वतन्त्रताको रक्षा गर्नुका साथै समृद्ध देश बनाउनका लागि सबै दलको सहयोग आवश्यक पर्छ’, प्रधानमन्त्री देउवाले भने ।