गण्डकीका प्रदेश सभा सदस्यले शपथ लिए


सुर्खेत । गण्डकी प्रदेश सभा सदस्यले आज बिहीवार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश सभा सदस्यलाई ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ गराएका हुन् ।

यसअघि गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले हिजो बुधवार बस्याललाई शपथ गराएका थिए । शपथ ग्रहण समारोहमा प्रदेश सभा सदस्य निर्वाचन आयोगबाट निर्वाचित भएको प्रमाणपत्रसहित राष्ट्रिय एवम् जातीय पहिचान झल्किने पोसाकमा उपस्थित थिए ।

६० सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा (माओवादी केन्द्र) का आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र नेकपा (एकीकृत समाजवादी) का एक सदस्य छन् ।

प्रदेश प्रमुख गुरुङले यही पुस १८ गते गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान गरेका छन् ।