
सुर्खेत । आलोपालो बचत तथा ॠण सहकारी संस्था लि.ले सहकारी शिक्षा सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो । आज सोमबार वीरेन्द्रनगर ११ का ५० जना शेयर सदस्य र हिजो आइतबार वीरेन्द्रनगर २ जयपुरका ५० जना शेयर सदस्यहरुलाई तालिम दिइएको हो ।
संस्थाका अध्यक्ष कुलबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व अध्यक्ष तथा सहल्लाहाकारहरु सुरेशकुमार वली, जगतबहादुर बि.सी लगाएतको सहभागिता रहेको थियो ।
तालिमको सहजिकरण संस्थाका कानुनी सल्लाहाकार गणेशबहादुर ओलीले गरेका थिए । तालिममा सहकारीको विकास, सहकारी सम्बन्धि विभिन्न ऐनहरु, सहकारीको आवश्यकता तथा शेयर, लाभांश, पुँजि तथा बचतका विषयमा छलफल समेत गरिएको थियो ।
आलोपालो बचत तथा ॠण सहकारी संस्थाले हरेक वर्ष आफ्ना शेयर सदस्यहरुलाई सहकारी शिक्षा सम्बन्धि तालिम दिँदै आएको छ ।

फरकबाटो ११ पुष २०७९, सोमबार १९:५६