२८औं विश्व आदिवासी दिवसको अवसरमा रक्तदान

सुर्खेत । २८औं विश्व आदिवासी दिवसको अवसरमा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रक्तदान कार्यक्रम गरिएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतले विश्व आदिवासी दिवस आजदेखि रक्तदान कार्यक्रम गरेर मनाउन शुरु गरेको हो ।

महासंघले ३ दिन सम्म दिवस मनाउने कार्यक्रम अनुसार २२ गते रक्तदान, २३ गते आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका विषयक अन्तरक्रिया तथा २४ गते विभिन्न झाँकीसहित सुर्खेत सभाहलमा दिवस मनाउने कार्यक्रम रहेको महासंघका कार्यवाहाक अध्यक्ष अशोक राजीले जानकारी दिए ।

जिवनको महत्वपूर्ण पक्ष नै रगत भएकोले कसैको पनि रगतका कारण ज्यान नजाओस भन्ने अभिप्रायले रक्तदान कार्यक्रम गरिएको अध्यक्ष राजीले बताए ।