देउवाले बोलाए पदाधिकारीहरूको बैठक


सुर्खेत । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा साढे ९ बजे बोलाइएको छ । समसामयिक विषयमा छलफल गर्न सभापति देउवाले बैठक बोलाएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।

नेताहरूले भने छलफलको विषयमा जानकारी नभएको तर सभापतिले बैठक बोलाएको बताएका छन् । ९ : ३० बजे बैठकको लागि सभापतिले बोलाएको महामन्त्री बद्री पाण्डेले जानकारी दिए ।

आइतबार मात्रै कांग्रेसको शेखर कोइराला पक्षका नेताहरूको बैठक बसेको थियो । उनीहरूले प्रधानमन्त्रीलाई विश्वासको मत दिनु गल्ती भएको बताएका थिए ।

आजको पदाधिकारी बैठकमा पनि पछिल्लो राष्ट्रिय राजनीतिका बारेमा छलफल र समीक्षा हुने नेताहरूले बताएका छन् ।