
सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन दलहरूले गरेको दाबी राष्ट्रपति कार्यालयमा पुगेको छ ।
बहुमत सांसदको हस्ताक्षरसहितको पत्र आइसकेको राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालले बताए । उनले दलका नेताहरू राष्ट्रपति भवन आउने क्रम चलिरहेको सुनाए ।
प्रधानमन्त्रीको शपथ आजै हुने सम्भावना कम रहेको उनले बताए । ‘आजै शपथ हुन्छ जस्तो मलाई लाग्दैन, केही तयारी गर्नुपर्ला, त्यसैले भोलि हुन सक्छ’, ढकालले भने ।

फरकबाटो १० पुष २०७९, आईतवार १६:५९