
सुर्खेत । प्रहरी प्रधान कार्यालयले नौ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ । जसअनुसार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा रहेका दानबहादुर थापा इलाका प्रहरी कार्यालय बुटवलमा सरुवा भएका छन् ।
इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी ठगबहादुर केसी कास्की सरुवा भएका छन् । त्यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुन्दर तिवारी सीआईबीमा सरुवा भएका छन् ।
केन्द्रिय अनुसन्धान व्युरो महाराजगंजका दानबहादुर थापा ईलाका प्रहरी कार्यालय बुटवल, नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालका होमबहादुर पराजुली जिल्ला प्रहरी कार्यालय रामेछाप, जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत राम बहादुर थिङ नेपाल प्रहरी प्रधान कार्यालय नक्शालमा सरुवा भएका हुन् ।


फरकबाटो ४ पुष २०७९, सोमबार २१:१७