साकोसको तिज कार्यक्रम तथा महिला लक्षित बचत कार्यक्रम सुभारम्भ  

सुर्खेत । पिपलबोट साकोसको तिज बिशेष कार्यक्रम एवं महिला लक्षित बचत योजना सुभारम्भ गरिएको छ । वीरेन्द्रनगर नगरपालिका ४ भैरवस्थानमा रहेको पिपलबोट बचत तथा ऋण सहकारी संस्थाको महिला परिचालन उपसमितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

हरितालिका तिज २०७९ को अवसरमा तिज बिशेष कार्यक्रम, महिला सदस्य भेला तथा महिला लक्षित बचत योजना सुभारम्भ कार्यक्रम सम्पन्न भएको हो ।

‘‘नारी बचत नारी गर्व ढुक्क संग मनाउ पवर्’’ मुल नारा राखी पिपलबोट नारी पर्व बचत योजनाको सुभारम्भ गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा वीरेन्द्रनगर नगरकार्यपालिका सदस्य टिका कुमारी घले गुरुङ्ग तथा संस्थाका अध्यक्ष बलबहादुर सार्की र कोषाध्यक्ष खेमराज रावतले बचत योजनाको संयुत्तरुपमा अनावरण गरेका थिए ।

कार्यक्रममा संस्थामा आबद्ध ३ सय ९० जना बढि सदस्यको सहभागिता रहेको थियो । कुल २ हजार ५ सय ९२ शेयर सदस्य रहेको संस्थामा महिलाहरुको सदस्यता ५६ प्रतिशत अर्थात १ हजार ४ सय ५७ रहेको छ

संस्थामा महिला शेयर सदस्यहरुको संख्या बढी भएकोले पनि महिला लक्षित बचत योजनाको सुभारम्भ गरिएको र आगामी दिनमा युवा तथा जेष्ठ नागरिक लक्षित बचत योजना समेत सुरुवात गर्ने योजना रहेको संंस्थाका अध्यक्ष बल बहादुर सार्कीले बताए ।

महिला सदस्यको मात्रै ६१ प्रतिशत बचत निक्षेप रहेको र पिपलबोट नारी पर्व बचत योजना सुभारम्भकै दिन मात्रै ३१ जना महिला शेयर सदस्यबाट पिपलबोट नारी पर्व बचत योजनामा रु.६० हजार बचत संकलन भएको समेत प्रबन्धक रमेश खनालले जानकारी दिए ।