दीर्घ रोग नभएका १२ देखि १८ वर्षमुनिका बालबालिकालाई पनि आजदेखि खोप

सुर्खेत । दीर्घ रोग नभएका १२ देखि १८ वर्षमुनिका बालबालिकाले पनि कोभिडविरुद्धको फाइजर खोप लगाउन पाउने भएका छन् ।

आजदेखि १२ देखि १८ वर्ष मुनिका बालबालिकालाई फाइजर खोप दिइने स्वास्थ मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले जानकारी दिए ।

उनकाअनुसार खोपका लागि उमेर खुल्ने परिचय पत्र अनिवार्य गरिएको छ । जन्मदर्ता वा परिचय खुल्ने सरकारी कागजात लिएर तोकिएको अस्पतालमा गए १२ देखि १८ वर्ष मुनिका बालबालिकाले खोप पाउने छन् ।

फाइजर खोपका लागि सरकारले यस अघि तोकेको २४ वटा अस्पतालमा जानु पर्ने हुन्छ । कर्णालीमा भने प्रदेश अस्पतालमा लगाइने छ ।