सुर्खेत । कैलालीको अत्तरियामा अज्ञात समूहले गोली चलाउँदा २ जना घाइते भएका छन् । आज करिब साढे ६ बजे मोटरसाइकलमा आएका व्यक्तिहरुले गोली चलाउँदा दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय कैलाली अत्तरियाले जानकारी दिएको छ ।
प्रहरीका अनुसार न्यू घोडाघोडी सुनचाँदी पसलका सञ्चालक ३१ वर्षीय विकास गौतम र थप एक जना घाइते भएका हुन् ।
उनीहरुको अस्पतालमा उपचार भइरहेको छ भने गोली चलाउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
फरकबाटो ३ पुष २०७९, आईतवार १९:०१