समानुपातिक सांसदको सूची चार बजेसम्म आयोगलाई बुझाउनुपर्ने


सुर्खेत । निर्वाचन आयोगले समानुपातिक संसदको अन्तिम सूची पेस गर्न दिएको समयसीमा आज दिउँसो चार बजे सकिँदैछ । तर राजनीतिक दलहरूले भने सांसदको टुङ्गो लगाउन सहिरहेका छैनन् ।

कांग्रेस, एमाले, माओवादी, जसपा र राप्रपाले आज पार्टीको बैठक बोलाएर अन्तिम नामावली तय गर्ने तयारीमा छन् । जनमत र नागरिक उन्मुक्ति पार्टी र लोसपाले भने समानुपातिक सांसदको सूची तयार पारिसकेका छन् ।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक सिट बाँडफाँट अनुसार सबैभन्दा धेरै एमालेले १०४ पाएको छ । जसमध्ये ३४ प्रतिनिधिसभातर्फ हो भने बाँकी प्रदेशसभाको हो ।