
काठमाण्डौ । संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य भएको छ ।
हिजो बिहीवार बसेको मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम आज राति १२ बजेदेखि संसद्का दुवै सदनको अन्त्य भएको घोषणा गरेकी हुन ।
आज शुक्रवार सङ्घीय संसद्का महासचिव भरतराज गौतमले एक विज्ञप्ति जारी गरी कात्तिक २९ गतेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक पनि अन्त्य भएको जानकारी दिए ।

फरकबाटो १२ कार्तिक २०७८, शुक्रबार २१:२९