डलरको भाउ ओरालो

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर ६ पैसाले ओरालो लागेर एक अमेरिकी डलरको खरिद मूल्य १३१ रुपैयाँ ६६ पैसा र बिक्री मूल्य १३२ रुपैयाँ २६ पैसा कायम रहेको छ ।

अघिल्लो दिन एक अमेरिकी डलरको खरिद मूल्य १३१ रुपैयाँ ८९ पैसा र बिक्री मूल्य १३२ रुपैयाँ ४९ पैसा रहेको थियो । युरोपियन युरोमा ६३ पैसाले ओरालो लागेर एकको खरिददर १३८ रुपैया २ पैसा बिक्रीदर १३८ रुपैयाँ ६५ पैसा कायम छ । बुधबार भने युरोपियन युरो एकको खरिददर १३८ रुपैया ४४ पैसा बिक्रीदर १३९ रुपैयाँ ७ पैसामा कारोबार भएको थियो ।

अष्ट्रेलियन डलरको खरिदर ८७ रुपैयाँ ९५ पैसा र बिक्रीमा ८८ रुपैयाँ ३५ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ । क्यानेडियन डलर ४३ पैसाले ओरालो लागेर सोको खरिददर ९६ रुपैयाँ १७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६० पैसा कायम रहेको छ ।

अघिल्लो दिन क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ९० पैसा र बिक्री दर ९७ रुपैयाँ ३४ पैसा रहेको थियो।

सिंगापुर डलर ४५ पैसाले घटेर सोको खरिद दर ९६ रुपैयाँ ८४ पैसा र बिक्री दर ९७ रुपैयाँ २९ पैसा रहेको छ । बुधबार भने सिंगापुर डलरको खरिद दर ९७ रुपैयाँ १९ पैसा र बिक्री दर ९७ रुपैयाँ ६३ पैसा रहेको थियो ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ५८ पैसा र बिक्रीमा ९ रुपैयाँ ६२ पैसा, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ८६ पैसा र बिक्री दर १८ रुपैयाँ ९४ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ र बिक्रीमूल्य ३५ रुपैयाँ १७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ र बिक्रीदर ३६ रुपैयाँ २० पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३० रुपैयाँ ८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।