नवलपरासीमा बस र ट्रक ठोक्किँदा १७ जना घाइते


सुर्खेत । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा बस र ट्रक ठोक्किँदा १७ जना यात्रु घाइते भएका छन् ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान लु १ ख ४६७० नम्बरको बस र लु २ ख ८९३ नम्बरको ट्रक ठोक्किएका हुन् ।

घाइतेहरुको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको र दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिए । बसमा ३० जना यात्रु रहेकोमा अरु सामान्य अवस्थामा छन् ।