सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललिता निवासको जग्गा खान खोज्नेलाई सरकारले नछाडने बताएका छन् । यो प्रकरणमा जोडिएका व्यक्ति पक्राउ पर्न थालेको बताउँदै अनुसन्धान यत्तिमै नरोकिने समेत संसदमा सांसदहरूले बजेटमाथि राखेको प्रश्न र जिज्ञासाको जवाफ दिएका छन् ।
प्रधानमन्त्री निवास निल्न खोज्ने पक्राउ पर्न थालेका छन् । मिटरब्याजी ठगलाई कारबाही सुरु भएको छ । यो लडाइँमा सदन र जनताको समर्थनको आवश्यकता महसुस गरेको समेत प्रचण्डले ससंदमा जानकारी गराएका छन् ।
प्रधानन्त्री प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनेपछि अर्थतन्त्र जागेको बताएका छन् । आफू प्रधामनन्त्री बन्दै गर्दा श्रृलंकाजस्तो स्थिति आएको टिप्पणी भइरहेकोमा अहिले अर्थतन्त्र जागेको उनले बताए ।‘लोकतन्त्रप्रति नकारात्मक धारणा बनेको थियो ।
सफल अनुसन्धानबाट लोकतन्त्रको सर्वोच्तता स्थापित भएको छ । लोकतन्त्रको सुद्धिकरण सुरुवात भएको छ । ‘जनतामा भरोसा जगाएको मानेको छु । सरकारप्रति निराशा असन्तोष र आवेग थियो । अहिले सुधार भएको छ । हाइ प्रोफाइल कानुनभन्दा माथि छन् भन्ने थियो ।’
संसदमा सांसदहरूले बजेटमाथि राखेको प्रश्न र जिज्ञासाको जवाफ दिँदै उनले भने, ‘यो सुद्धिकरण यत्तिमै रोकिने छैन । निरन्तर अगाडि बढ्ने उनको भनाइ छ । नक्कली भुटानी प्रकरणमा ठूलो कारबाहीपछि जनतामा विश्वास जाग्न सुरु भएको उनको दाबी थियो ।
फरकबाटो १३ असार २०८०, बुधबार १४:०१