
सुर्खेत । बारामा एक व्यक्तिको हत्या गरेको अभियोगमा १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । उनी बाराको कोल्हवी नगरपालिका वडा नम्बर ११ रामपुर्वा टोलका हुन् । किशोरको उमेर अठार वर्ष नपुगेकोले प्रहरीले उनको परिचय खुलाएको छैन ।
प्रहरीका अनुसार मंसिर १३ गते मंगलबार राति ती बालकले गाँउकै ४६ वर्षीय परीक्षण चौधरीलाई चिर्पटले हानेर हत्या गरेका थिए । हत्यापछि शव स्थानीय सियाराम चौधरीको गोठ पछाडि खाल्डो खनेर गाडेका थिए ।
प्रहरीसँगको बयानका क्रममा ती किशोरले परीक्षणले आफूसँग अप्राकृतिक मैथुन गर्न खोज्दा सिसौंको चिपर्टले प्रहार गर्दा उनको मृत्यु भएको र घटना लुकाउन शव खाल्डो खनेर गाडेको स्वीकार गरिसकेको प्रहरीले बताएको छ ।

फरकबाटो १५ मंसिर २०७९, बिहीबार २०:३१