सुर्खेत । आगामी २६ गतेसम्म निर्वाचन सम्बन्धी सबै काम सक्ने आयोगले तयारी गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालेका अनुसार मंसिर २६ गतेसम्ममा निर्वाचन प्रक्रियाका सम्पूर्ण काम सक्ने तयारी गरिएको हो ।
थपलियाले मंसिर १९ गतेसम्ममा मत गणना कार्य सम्पन्न गरिसक्ने र राजनीतिक दलहरुलाई मंसिर २२ गतेसम्ममा निर्वाचित प्रतिनिधि सभा सदस्यहरुको नाम कानूनले तोकेअनुरुप पठाउनका लागि पत्राचार गरिने पनि बताए ।
‘२२ गतेसम्म पत्राचार भइसक्ने गरी तयारी गरिएको उनले सुनाए । त्यसको ३ दिन समय हुन्छ । पत्र प्राप्त भएको दुई दिन भित्रमा आँफुहरुले सम्पूर्ण प्रतिवेदन तयार गरेर राष्ट्रपतिज्यू समक्ष बुझाउने उनले तयारी गरेको बताए ।
फरकबाटो १७ मंसिर २०७९, शनिबार ०६:३४