
सुर्खेत । नेकपा एकीकृत समाजवादीले माओवादीसँग पार्टी एकता हुने हल्लाको खण्डन गरेको छ । महासचिव वेदुराम भुसालले आज शुक्रवार विज्ञप्ति निकालेर नेकपा माओवादी केन्द्रसँग आफ्नो पार्टीको एकता हुने समाचार निराधार भएको बताएका हुन् ।
महासचिव भुसालले माओवादी केन्द्रसँग पार्टी एकताबारे छलफल, वार्ता वा संवाद केही पनि प्रयास नभएको उल्लेख गरेका छन् । हुँदै नभएको विषयमा प्रचार गराएर भ्रम सिर्जना गर्न खोजिएकाले त्यस्तो भ्रममा नपर्न पनि उनले आग्रह गरे ।
माओवादीसँग केही एजेन्डा मिल्ने भए पनि अहिलेलाई गठबन्धनमात्रै गर्ने तर एकता नहुने एकीकृत समाजवादीले जनाएको छ ।

फरकबाटो १६ मंसिर २०७९, शुक्रबार १८:५४