
सुर्खेत । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत बाजुरामा मुचुल्कामा भन्दा धेरै मत भेटिएपछि मतगणना रोकिएको छ ।
बाजुराको हिमाली गाउँपालिका–६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्कामा भन्दा धेरै मत भेटिएपछि मतगणना रोकिएको हो । प्रतिनिधि सभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेको भन्दा ४० मत धेरै रहेको पाइएपछि मतगणना रोकिएको हो ।
पछिल्लो विवरण अनुसार कांग्रेसका बद्रि पाण्डेले ५ हजार ३ सय ९९ मत प्राप्त गरेका छन् । त्यस्तै उनका प्रतिस्पर्धी एमालेका कर्ण थापाले ४ हजार १ सय ३० मत प्राप्त गरेका हुन् । पाण्डे र थापाबीचको मतान्तर १ हजार २ सय ६९ रहेको छ ।

फरकबाटो १६ मंसिर २०७९, शुक्रबार ०९:२४