एमाले र काँग्रेसले ल्याए समानुपातिकमा २०-२० लाख मत

सुर्खेत । नेकपा एमाले र नेपाली काँग्रेसले समानुपातिक तर्फ २०-२० लाख मत ल्याएका छन् । एमालेले २० लाख ९२ हजार ८ सय ९० मत ल्याएको छ भने नेपाली काँग्रेसले २० लाख २० हजार ८ सय ५६ मत ल्याएको हो ।

काँग्रेस भन्दा एमाले ७२ हजार ३४ मतले अगाडी रहेको छ । यद्यपी अँझै केही निर्वाचन क्षेत्रहरुको मत गणना भने बाँकी नै रहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।