सुनसरी – ४ मा मतगणना रोकियो

सुर्खेत । सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार रहेको सुनसरी-४ मा मतगणना रोकिएको छ । कांग्रेस प्रतिनिधिहरूले शुक्रबार राति एमालेका नाममा ६ सय ५ मत थपिदिएको भन्दै विरोध गरेपछि मतगणना रोकिएको हो । रोकिएको मतगणना सुचारू गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ ।

पछिल्लो मतपरिणामअनुसार कार्कीले २१ हजार ६ सय ७८ मत पाएका छन् भने नेकपा (एमाले)का जगदीशप्रसाद कुसियैतले २१ हजार ६ सय ३ मत ल्याएका छन् ।