माओवादी केन्द्रको महाधिवेशन सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । काठमाण्डौको कमलादीमा रहेको प्रज्ञा भवनमा महाधिवेशन सुरु भएको हो ।

महाधिवेशनलाई शुभकामना दिन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेल, राप्रपाकी महामन्त्री कुन्ती शाही लगायतका नेताहरू कार्यक्रममा उपस्थित भएका छन् ।

महाधिवेशनमा देशभरबाट झन्डै एक हजार ६ सय प्रतिनिधि सहभागी भएका छन् । पाँच दिनसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व पनि चयन गर्नेछ ।