कांग्रेस महाधिवेशन प्रतिनिधिमा महामन्त्री खड्काको उम्मेदवारी

सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले गृहजिल्ला सुर्खेतबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् ।

खड्काले मंगलबार खुला पुरुषतर्फ सुर्खेत निर्वाचन क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका हुन् ।

नेपाली कांग्रसको १४ औ महाधिवेशन अन्तरगत मंगलबार सुर्खेतमा क्षेत्रीय कार्यसमिति पदाधिकारी र महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचन भैरहेको छ । दुईवटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा निर्वाचन क्षेत्र नम्बर १ को महेलकुना र २ को बाबियाचौरमा मतदान भइरहेको छ ।