माओवादी महाधिवेशन : राति ८ बजेदेखि उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ ।

निर्वाचन समितिले शनिबार अपरान्ह सार्वजनिक गरेको कार्यक्रम अनुसार उम्मेदवारी दर्ताको समय राति ८ बजेदेखि साढे ८ बजेसम्मलाई तोकिएको छ ।

त्यस्तै ८ : ३५ सम्म उम्मेदवारको विरोधमा उजुरीको सूचना दिने, ८ः ४० देखि ९ बजेसम्म उजुरीउपर छानबिन र निर्णय, ९ः१० बजे उम्मेदवारको नामावली पुनः प्रकाशन, ९ः ३० देखि ११ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने समय दिइएको छ ।

केन्द्रीय निर्वाचन आयोगका संयोजक विष्णुपुकार श्रेष्ठले सार्वजनिक गरेको निर्वाचन कार्यक्रममा ११ :१५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन र ११ः ३० देखि राति ४ बजेसम्म मतदानको समय तोकिएको छ ।