विश्व पर्यटन दिवसको अवसरमा वृक्षारोपण

सुर्खेत । मटेला ब्वाइजले चिङ्गाड गाउँपालिकाको ठाँटीबजारमा वृक्षारोपण गरेको छ । ब्वाईजले विश्व पर्यटन दिवसको अवसरमा चिङ्गाड खोलाको वारी पारी दुवै क्षेत्रमा वृक्षारोपण गरेको हो । ब्वाईज ठाँटी बजारलाई व्यापारिक केन्द्रका रुपमा मात्र नभई पर्यटकीय क्षेत्रका रुपमा पनि चिनाउन लागि परेको छ ।

ब्वाइजका संस्थापक संयोजक चन्द्र जिसीको आयोजना, क्लिन एन्ड ग्रीनका संयोजक किरण सापकोटाको आर्थिक सहयोगमा र मटेला ब्वाइजको समन्वयमा वृक्षारोपण कार्यक्रम गरिएको हो।

ब्वाईजका १० जना मेम्मर कृष्ण बहादुर जिसी, दिनेश जिसी, हिमाल जिसी, घनश्याम राना, दर्शन जिसी, गोपी कृष्ण जिसी, धर्मराज आर सी, अर्जुन जिसी, तिलक जिसी, गोलमोल शाही, प्रविण गिरीको सहभागिता रहेको थियो ।

यस अघि मटेला ब्वाइजले ठाँटिबजारको लागि एक सय वटा डस्टबिन र चिङ्गाड गाउँपालिका वडा नं ३ र ४ मा पर्ने साविक मटेला गाविसका १४ वटा विद्यालयका ७५ जना गरिब तथा आर्थिक विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग गरेको थियो । कार्यक्रममा वडा नं ४ का अध्यक्ष टेक बहादुर राना, बजार वयवस्थापन समितिका अध्यक्ष महेश जिसीद्वारा वृक्षारोपण गरिएको हो।