दैलेख क्षेत्र न २ मा बिनोद शाह विजयी

सुर्खेत । दैलेख निर्वाचन क्षेत्र निर्वाचन–२ प्रदेश सभा (२)मा नेकपा एमालेका विनोदकुमार शाह विजयी भएका छन्। उनले वाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार माओवादीका योगेन्द्र शाहीलाई हराएका हुन्। शाहले योगेन्द्रलाई ८४ मतले हराएका हुन्।

शाहले ९ हजार ४ सय ६४ मत प्राप्त गरेर प्रदेश सभामा विजयी भएका हुन्। शाहका प्रतिद्धन्द्धी योगेन्द्रले ९ हजार ३ सय ८१ मत पाए।

योगेन्द्र टिकट नपाएपछि एमाले पार्टी परित्याग गरी रातारात माओवादीमा प्रवेश गरेका थिए।