आज निर्वाचन

सुर्खेत । आज मंसिर ४ अर्थात् आगामी पाँच वर्षका लागि प्रतिनिधि र प्रदेश सभामा आफ्ना प्रतिनिधि चुन्ने दिन हो । आज बिहान ७ बजेदेखि बेलुकी पाँचबजेसम्म आँफुलाई मनपरेको उम्मेदवारलाई भोट हाल्न पाइनेछ ।

आफ्नो मतदाता नामावली परिचयपत्र वा परिचय खुल्ने कुनैपनि प्रमाण लिएर भोट हाल्न पाइने निर्वाचन आयोगले जानकारी दिएको छ । आज निर्वाचन सम्पन्न गर्नका लागि देशैभर हिजोनै सम्पुर्ण तयारी भइसकेको जानकारी समेत आयोगले दिएको छ । निर्वाचनमा ढुक्क भएर मतदान गर्न र धाँधली नगर्न निर्वाचन आयोगले आम मतदाता लगाएत सम्पुर्णलाई आग्रह गरेको छ ।