आयोगकै कार्यालयअगाडि निर्वाचनविरूद्ध प्रदर्शन


सुर्खेत । निर्वाचन आयोगको कार्यालय अगाडी नै निर्वाचन विरुद्धको प्रदर्शन गरिएको छ । आज नेकपा क्रान्तिकारी माओवादीका कार्यकर्ताले निर्वाचन बहिष्कार गर्नुपर्ने भन्दै विरोध प्रदर्शन गरेको छ हो ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत भोलि देशभर मतदान हुँदैछ । मतदानको सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ ।

यता मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी माओवादीले बहादुर भवनमा रहेको निर्वाचन आयोगको केन्द्रीय कार्यालयबाहिर प्रदर्शन गरेका हुन् । करिब १० जनाको समूहमा उनीहरु प्रदर्शन गर्न पुगेका थिए । लगत्तै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।